हेप्पी नेपाल वार्षिक समिक्षा

 

आजको बैज्ञानिक युगमा विश्वका मुलुकहरुले गरि रहेको विकास र आविष्कारले मानिसहरुको बौद्धिक, शैक्षिक र आधुनिक पद्धतिको प्रयोगले गरिरहेने उत्पादन आदिले मानिसहरुको जीवनस्तर उठ्दै गईरहेको र मानिसको जीवनस्तर सुविधामूलक भईरहेको अवस्थामा हाम्रो देशको बढ्दो जनसंख्याको भार, बेरोजगारी समस्या, खानेपानी, समस्या, अशिक्षा, जनचेतनाको अभाबले खस्किदै गएको नेपाली जीवनस्तरलाइै उठाउन, आयमुलक, रोजगारमुलक, सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिन्छ । विभिन्न समस्याले गर्दा देशमा प्रतिकुल असर परिरहेको अवस्थामा सम्पूर्ण नेपाली एकजुट भई देश विकासमा सक्रिय योगदान पुर्याउन अति आवश्यक भएको छ । यस्ता सामाजिक समस्याहरुलाई सरकारी क्षेत्रबाट मात्र समाधान गर्न नसकिने र मुलुकको विधमान नीती तथा कार्यक्रमहरु पनि गैर सरकारी क्षेत्रलाई स्वतन्त्रता प्रदान गर्ने तर्फ उन्मुख देखिएकाले राष्ट्र समुन्नतिका लागि विशुद्ध सामाजिक सेवाको भावना बाट पे्ररित भई देश विकासमा सहयोग पुर्याउने उद्देश्यले हामी जस्ता युवा वर्ग देश विकासमा एकजुट भई अगाडि बढन वाञ्छनीय देखिन्छ । सेवा गर्ने हातहरु पुजा गर्ने ओठ भन्दा धेरै पवित्र हुन्छन यसै उक्तिलाई आत्मसाथ गरी यो सस्ंथा भद्र प्रगतिशिल युवाहरुको पवित्र संगठन नेपाल (Holier Association of Polite Progressive Youth Nepal) को स्थापना भएको हो ।

सस्ंथाको उदेश्यः

. लागुऔषध तथा घातक रोग सम्बन्धी जनचेतना जगाई घुम्ती जनस्वास्थ्य सेवा सञ्चालन गरी दुब्र्यसनी    तथा घातक रोगबाट पिडित ब्यक्तिहरुलाई नियन्त्रण तथा पुनःजीवन प्रदान गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरी जनचेतना जगाउने

. प्रदुशषण नियन्त्रण, वृक्षारोपण, सुलभ शौचालय तथा बालबालीकाहरुको लागी सार्वजनिक स्वच्छ वातावरण स्थल निर्माण गर्ने किसिमका कार्यक्रमहरु संचालन गर्ने

. वेश्यावृत्ति तथा चेलीवेटी बेचविखनलाई रोक्न ब्यापक जनचेतना जगाउने त्यस्तो कार्यमा लागेका ब्यक्तिहरुलाई निरुत्साहित पार्ने तथा बेवारीसे बालबालिकाहरुलाई संरक्षण पार्ने किसिमका कार्यक्रमहरुलाई संचालन गर्ने

. शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी तथा सरसफाई बेरोजगारी, सामाजिक शोषण आदिका विषयमा ब्यापक रुपमा जनचेतना अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने

. विशेष गरि लागुऔषधमा फसेका ब्यक्तिहरु (पुरुष÷महिला) तथा बालबालिकहरुको लागी विभिन्न     कार्यक्रमहरु संचालन गर्ने

 

लागु औषध विश्वमा नै गम्भिर समस्याको रुपमा देखा पर्दै गएको लागु औषध सेवनका कारण एकातिर व्यक्तिमा गम्भिर स्वास्थ्य समस्याहरु गहिरिदै गएको भने अर्कोतिर परिवार, समाज राष्ट्रमा नै त्यसको नकारात्मक असरहरु देखिन थालेका छन् लागु औषधको अवैध कारोबारले अपराधको दर बढ्नुका साथै राष्ट्रिय सुरक्षामा नै ठूलो चुनौतिको सिर्जना गर्न सक्छ लागु औषधको उत्पादन, ओसारपसार, बिक्रि वितरण तथा दुरुपयोगले विश्वब्यापी सामाजिक विकास स्थिरतामा नकारात्मक प्रभाब पार्दछ लागु औषधको उचित रोकथाम तथा नियन्त्रण गर्न नसक्दा नेपालमा समेचत यसको बहुआयमिक असर देखिन थालेको   

 

) विश्वमा लागु औषधको अवस्थाः

संयुक्त राष्ट्र सङ्गिय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यु एन डि सी) को विश्व लागु औषध प्रतिबेदन २०२१ ले विश्वमा लागु औषधको भयावह अवस्थाको चित्र प्रस्तुत गरेको उक्त कार्यालयका अनुसार सन् २०१९ मा विश्वभर २७ करोड ५० लाख लागु औषध प्रयोगकर्ताहरु रहेका छन् यो संङख्या सन् २०१० को तुलनामा २२ प्रतिशतले बढि हो लागु औषधको प्रयोगकर्ताहरुमध्ये करोड १० लाख ब्यक्तिहरु सुईद्धारा (इन्जेक्टेबल ड्रग) लागु औषध प्रयोग गर्छन लागु औषध प्रयोगकर्ताहरुमध्ये करिब ६० लाख जनामा हेपाटाइटिस १४ लाग जनामा एच.आई.भी. को संक्रमण रहेको प्रतिबेदनले देखाएको लागु औषध प्रयोगकर्ताहरुको बृद्धिदर विकसित मुलुकमा प्रतिशत विकासोन्मुख मुलुकमा २८ प्रतिशत रहेको देखिन्छ

 

) नेपालमा लागु औषधको अवस्था

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा १३०४२४ जना लागु औषध प्रयोगकर्ता छन् जसमध्ये महिला . प्रतिशत पुरुष ९३. प्रतिशत रहेको वि.. २०६९ देखि २०७६ सम्मको तथ्याङ्क हेर्दा प्रयोगकर्ताहरुको बार्षिक बृद्धिदर .०६ प्रतिशत रहेको देखिन्छ अधिकांश लागु औषध प्रयोगकर्ताहरुले उन्नाईस वर्षभन्दा कम उमेरमा नै पहिलो पटक कुनै कुनै लागु औषध सेवन सुरुवात गरेको देखिन्छ

नेपालमा लागु औषधका सुरुआती प्रयोगकताहरुले सेवन गर्ने मुख्य लागु औषधहरु तलको तालिकामा देखाईएको

 लागु औषधका सुरुआती प्रयोगकर्ताहरु

क्र..

लागु औषधका प्रकार

सेवनकर्ता (%)

गाँजाजन्य पद्धार्थ

८०.

डाइजेपाम

.

अफिमजन्य पद्धार्थ

.

ट्रमाडोल               

.

प्रिग्यावलिन        

.

सुँघ्ने पद्धार्थ         

.

भ्रमात्मक पद्धार्थ

.

उत्तेजनात्मक पद्धार्थ       

.

 स्रोतः नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ 


 












माथी उल्लेख भएअनुसार नेपालमा लागु औषधको सुरुआती प्रयोगकर्ताहरुले मुख्य प्रकारका लागु औषधहरु सेवन गरेको देखिन्छ, जसमा गाँजाजन्य पद्धार्थ, डाइजेपाम, अफिमजन्य पद्धार्थ, ट्रमाडोल, प्रिग्यावलिन, सुँघने पद्धार्थ, भ्रमात्मक पद्धार्थ उत्तेजनात्मक पद्धार्थ रहेको छन् सबैभन्दा बढि गाजाँजन्य पद्धार्थ सेवनकर्ता ८०. प्रतिशत रहेका छन्


) लागु औषध दुरुपयोगको आर्थिक सामाजिक प्रभाब

लागु औषध दुरुपयोगबाट मानब स्वास्थ्य, सार्वजनिक शान्ति, सामाजिक एवम् अर्थिक उन्नतिमा अपुरणीय क्षति पुन्ग सक्छ लागु औषधका कारण अपब्यय वढ्ने, रोजगारीको अवसर गुम्ने, गरिबी बढ्ने, भ्रष्टाचारमा बृद्धि हुन सक्ने, उत्पादकत्व तथा उधमशीलतामा ह्रास आउने, काममा अनियमितता कार्यस्थलको वातावरण बिथोलिने जस्ता आर्थिक असरहरु पर्दछन

 

त्यसैगरी परिवारमा तनाब, झै झगडा, बेमेल, पारिवारिक विचलन, विखण्डन, सम्बन्ध वच्छेद, व्यभिचार बढ्ने, चोरी, समाजबाट टाढा हुँदै जाने, सामाजिक अपराधमा संलग्नता बढ्ने, समाज तथा आफन्तका दृष्टिमा घृणाको पात्र बन्न सक्ने, कानूनको अवज्ञा गर्ने, अरावकता तथा गुण्डागर्दी गर्ने, घरेलु हिंसा गर्ने लागु औषधको कारोबारमा संलग्ने हुन सक्ने जस्ता सामाजिक असरहरु देखिन सक्दछन्

 

सस्थांले हाल संचालन गरिरहेको कार्यक्रम

.         पुरुष पुर्नस्थापना केन्द्र

झापा जिल्ला दमक नगरपालिका बार्ड नं. १ स्थित रहेको हेप्पी नेपाल विगत २०५७।१२।३० गते देखि बैधानिक रुपमा दर्ता भई झापा जिल्लाको दमक नगरपालिका वार्ड मा सस्ंथागत कार्यालय स्थापना गरि सेवाको भावनाले लागु औषधमा फसेका युवा युवतीहरुलाई औषधि उपचार, शारिरीक विकास, मानसिक विकास, सामाजिक विकास, अध्ययन तथा अतिरिक्त क्रियाकपालपहरु गर्दै आइरहेको यस सस्ंथामा नेपालका विविभन्न जिल्लाहरु झापा, मारेङ, सुनसरी, सिराहा, काठमाडौ, हेटौटा तथा भारतका विभिन्न सहरहरु बाट लागुऔषधमा फसेका व्यत्तिहरु आवसिय उपचारमा आउने गरेका छन् यस सस्ंथामा स्थापनाकाल देखी हाल सम्म जम्मा १७०९ जना व्यक्तिहरुको उपचार लिइसकेका छन्, जस मध्ये ४३ प्रतिशत व्यक्तिहरु नसामुक्त, स्वच्छ खुसि जीवन विताइरहेका छन् साथै यस सस्थांले .. ७७–७८ मा जम्मा ६५ जना व्यक्तिहरुको उपचार गरिसकेको विश्वब्यापि रुपमा फैलिएको कोभिड १९ भाईरसको कारणले गर्दा सस्ंथा संचालनमा विभिन्न आर्थिक समस्याहरु उत्पन्न पनि भईरहेको जसलाई ब्यबस्थित गर्न सरकार तथा विभिन्न संघ सस्थाहरुले आर्थिक सहयोग गर्न आवश्क रहेको देखिन्छ

पुर्नस्थापनामा केन्द्रका विशेस्ताहरु

.         दैनिक कार्यतालिका अनुरुप कार्य गराईने

.         हप्तामा दिन परामर्श कक्षा संचालन गरिने

.         डिडक्सका लागी छुट्टै कोठाको ब्यवस्था भएको

.         शुद्ध स्थस्थ्य खाजा तथा खानाको ब्यवस्था

.         खेल्न तथा पढनका लागी पर्याप्त खेल मैदान तथा लाईब्रेरीको ब्यवस्था

.         दक्ष अनुभबी कर्मचारीहरु

 

पुर्नस्थापना केन्द्रका हाल सम्मका उपलब्धिहरु

.         नशामुक्त जीवन विताउने व्यक्तिहरु ४० प्रतिशत

.         गरीब तथा विपन्न परिवारलाई उपचार शुल्कमा विशेष छुटको ब्ववस्था

.         निशुल्क परामर्श सेवा

.         उपचार पश्चात फलोअपमा आउने व्यक्तिहरुलाई निशुल्क खाना तथा खाजाको ब्यवस्था

 

संस्थाले सामना गरिरहेका चुनौतीहरु

.         सस्थाको नै भवन नहुनु

.         आर्थिक पक्षमा स्थानिय तथा सरकारी निकायको सहयोग नहुनु

.         आर्थिक पक्षको कमजोरीका कारण मानव संसाधनमा बाधा

 

सरकार तथा संघसस्ंथाहरुबाट अपेक्षा गरिएका कुराहरु

.         भौतिक संरचनाको लागी सहयोग

.         विपन्न परिवारका विरामीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्थाको वातावरण

.         सरकार तथा स्थानिय निकाय तथा संघ संस्थाहरुबाट उपचार केन्द्रको लागी साझेदारी कार्यक्रम

.        आवासीय उपचारमा भर्ना भएको विरामीहरुलाई अस्पताल पु¥याउनका लागी आप्mनै गाडीको ब्यवस्था नभएको


भावी योजनाः

महिला पुर्नस्थापना केन्द्रः झापा जिल्लामा लागु औषध प्रयोग गर्ने महिलाहरुको संख्या पनि उल्लेखनिय रुपमा बढेको कारण आगामी दिनहरुमा यस सस्ंथा हेप्पी नेपालले महिला पुर्नस्थापना स्थापना गर्ने योजना लिएको हाल महिला पर्नुस्थापना उपचारका लागी झापा जिल्लामा कुनै पनि संघ सस्थाहरु नभएको स्थानिय ब्वक्तिहरुले महिला पुर्नस्थापनाको बारेमा धेरै सोधीखोजी गर्ने गर्नुभएको हाल दुव्र्यशनमा फसेका महिलाहरुका उपचारका लागी झापा जिल्लाबाट अन्य जिल्लाहरु पठाउनुपर्ने अवस्था , मानिसहरु कुलतमा फस्नुका कारण उनीहरुको साथी संगत हो त्यस कारणले गर्दा उनीहरुलाई यो लतबाट हटाउन स्थानिय तहमा उपचार सेवा उपलब्ध हुन आवश्यक रहेको देखिन्छ स्थानिय तहमा यो उपचार सेवा उपलब्ध भए उनीहरुलाई यो लतबाट मुक्त हुन सजिलो हुनेछ वर्तमान समयमा विश्वमा भएको यो विषम परिस्थितिको कारणले गर्दा स्थानिय निकाय तथा सरकारको सहयोग विना हाल महिला पुर्नस्थापना केन्द्रको स्थापना गर्न निकै कठिन जोखिम भएको , यस विषयमा स्थानिय निकाय तथा सरकारले पनि विशेष ध्यान दिन आवश्यक रहेको देखिन्छ

0 Comments