के तपाई लागु पद्धार्थ तथा मादक पद्धार्थमा फस्नु भएको छ ?

के तपाई लागु पद्धार्थ तथा मादक पद्धार्थमा फस्नु भएको छ ?

यदि छ भने आउनुहोस पुर्नस्थापना केन्द्र बारे केही जानकारी लिऔ । आज विश्व नै लागुपद्धार्थ तथा मादक पद्धार्थको कारणले गर्दा भयानक विनासतिर उन्मुख भईरहेको अवस्था । विभिन्न नसालु पद्धार्थको प्रयोगले गर्दा समाज तथा सिंगो राष्ट्रले नै अतुलनिय क्षति बेहोरिरहनु परेको अवस्था सर्वविधितै छ । नशा प्रयोगको कारणले गर्दा समाजमा विभिन्न किसिमका दुर्घटना देखि लिएर अनेकौ प्रकारका स्वास्थ्य जन्य समस्याहरुको निम्ति मानिसको जीवन नै नर्कतुल्य बनाईरहेको अवस्था छ । यस्ता किसिमका पद्धार्थहरुकोे सेवनले गर्दा एच.आई.भी., एड्स तथा हेपाटाईटिस ईत्यादि जस्ता रोगहरु फैलि पुरा समाजलाई नै भयानक र्दुघटना तिर धकेलिरहेको अवस्था छ । नेपालमा पनि लगभग २ लाख ५० हजार ब्यक्तिहरु नशाको लतमा फसेको अनुमान गरिएको छ । गरिवि, अशिक्षा, अभाब एवम स्वास्थ्य सुविधाको कमि र स्थानिय समुदायमा लागु पद्धार्थ तथा मादक पद्धार्थको क्षेत्रमा कार्य गर्नेे सुधारगृहहरुको गुणनात्मक उपचारको कमिको कारणले गर्दा यो समस्या झन– झन विकराल बन्दै गईरहेको अवस्था छ । यिनै कुराहरुलाई मध्यनजर गरि हेप्पी नेपालले झापा जिल्लाको दमकमा विगत लामो समय देखि पुरुषहरुको लागी आवासिय लागु पद्धार्थ तथा मादक पद्धार्थको उपचार सेवा सञ्चालन गर्दै आईरहेको छ । झापाको दमकमा अवस्थित यो संस्था हेप्पी नेपाल जुन नाम नै काफि छ । साथै यस संस्थाले आफनो स्थापनाकाल देखि नै उपचार पद्धतिमा उत्कृष्ठता तथा यो लामो समयको अन्तरालमा करिब ६० प्रतिशत उपचार सफल भएको कुरा जानकारी गराउदछौ ।

यदि तपाई वा तपाईको घर नजिकमा रहेका ब्यक्तिहरु पनि लागुपद्धार्थ सम्बन्धि समस्यामा फस्नुभएको छ भने हामीलाई सम्पर्क गर्नुहोस । हामी विश्वास गर्दछौ कि यस संस्थाको २०५७ साल देखिको लामो अनुभबको आधारमा उत्कृष्ट उपचार गर्नेछौ । 

हामी मान्दछौ कि दुव्र्यशन एक व्यक्तिको मात्र समस्या होइन यो पारिवारिक रोग हो । आज विश्व नै दुब्र्यशनको कारणले भयानक विनाशतिर उन्मुख भईरहेको अवस्था छ । यिनै कुराहरुलाई मध्यनजर गरी हेप्पी नेपालले २०५७ देखि झापा जिल्लाको दमकमा ३ महिने आवाशिय लागुपद्धार्थ तथा मादक पद्धार्थको उपचार सेवा सञ्चालन गर्दै आईरहेको छ । हामी आशा गर्दछौ कि प्रत्येक परिवार समुदायले नशा रहित जीवनको परिकल्पनामा विश्वास गर्दछन् । हाम्रो भिन्न प्रकारको उपचार पद्धतिले प्रत्येक विरामीहरुमा नयाँ जीवनको थालनी गर्दछ । नशा रहित जीवन जिउने इच्छा बाट शुरु हुन्छ र अदृश्य शक्तिको सहयोगले पुर्ती हुन्छ । 

अन्त्यमा हामीले बाह्र खुडकिलाहरुमा नशा रहित जीवनयापन गर्ने शक्ति महशुस गरि दुब्र्यसनमा फसेका युवाहरुलाई र उनीहरुको परिवारलाई सहयोग गर्न कोसिस गरिरहेका छौ । 


हामी कसरी सहयोग गर्न सक्छौ ? 

यदि कसैलाई सहयोगको आवश्यकता भए हामीलाई सम्पर्क गर्नुहोस । हामी सदैब तपाईहरुको सेवामा २४ घण्टा उपलब्ध हुनेछौ । तालिम प्राप्त अनुभबी र सहयोगी कर्मचारीहरुद्धारा आफनो ब्यक्तिगत जीवनको अनुभब साट्न तथा सहयोग गर्न तयार छौ । हाम्रो कर्मचारीहरु गोपनियतामा विश्वास गर्दै उपचार प्रकृयाबारे जनाकारी प्रदान गरी सहयोग गर्न तयार हुनुहुन्छ । 

उपचार प्रकृया शुरु हुनु भन्दा अगाडि हामी प्रत्येक ब्यक्तिको लेखाजोखा गरी भाबी योजना तर्जुमा गर्दछौ जसले गर्दा उपचारको क्रममा विसेस भुमिका निर्वाह गर्ने गर्दछ ।

0 Comments