ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ ।
जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अंगे्रजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान । ध्यान मात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा सध्रने विधिका रुपमा उपयोग गर्छन् । जबकि योगका अन्य अंगहरुमा यो नियम लागू हुँदैन ।
के हो ध्यान ?
धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गर्नु हो । तर ध्यान भनेको भावशून्य अवस्थामा रहनु हो र त्यसमा जागृत रहनु नै ध्यान हो । ध्यानको अर्थ एकाग्रता मात्र हैन । एकाग्रता टर्चको स्पाटलाइट सरह हुन्छ, जसले एउटै ठाउँलाई मात्र फोकश गर्छ । तर ध्यान त्यो बल्ब सरह हुन्छ जसले चारै दिशामा प्रकाश फैलाउँछ । सामान्यतया मानिसहरुको ध्यान कम वाटको चिम जस्तो हुने गर्छ । जबकि योगीहरुको ध्यान भने सूर्यको प्रकाश जस्तो हुन्छ, जसमा पूरा ब्रम्हाण्ड नै समायित हुने गर्दछ । हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौं कुरा खेल्ने गर्छ । यस्ता कुरा जुन हामी सोच्न पनि चाहँदैनौ । र, यही ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ होहोर्याउँछ ।
ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिँदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो ।
यहि विश्वसका आधारमा यस सस्ंथा हेप्पी नेपाल पुर्नस्थापना केन्द्रले पनि सुधारका लागी आउनुभएका विरामीहरुलाई पनि सस्ंथाको कार्यतालिका अनुसार ध्यान गराईरहेको छ । यसै समयमा कैद गरिएका केहि झलकहरु तल प्रस्तुत गरिएको छ कृपया हेरेर प्रतिकृया दिनुहोला ।
0 Comments