दमक सफा र सुन्दर बनाउन यहाँको पालिका सरकार जती संवेदनशिल छ उतीनै यहाँका नागरिकहरु पनि हुन जरुरी छ । सडकको बाहिरी भागमा सफा भएता पनि सडकको किनार र त्यहाँ रहेका विभिन्न संरचनामा च्यापीएका फोहोरहरु भने यत्तीकै छुट्ने गरेका छन् । यही समस्यालाई देखेर दमकमा रहेको सामाजिक संस्था हेप्पी नेपालले आज बिश्व धूम्रपान बिरुद्धको दिवसको अवस्वरमा त्यस्ता संरचनाको परिसरमै पुगेर सर सफाई गरेको छ ।
यस कार्यक्रम आज मंगलबार दमकको आकाशे पुलमुनी रहेको फूलबारी र डाँफे मुनाल चोकमा रहेको संरचना परिसरमा सफा गरिएको थियो । डाफे मुनाल चोक नगरकै गौरव र पहिचान भएकाले गर्दा यहा भीत्र रहेका फोहोरका डंगुरहरुले गर्दा यसले दमकको सुन्रदरतालाई गिज्इरहेको छ । त्यसैले यी संरचनाहरुमा च्यापीएर रहेका फोहोर उठाउने अभियानको थालनी हामी सम्पुर्ण दमक वासिहरुले गर्न जरुरी छ ।
आज मंगलबार (31 May 2022) सम्पन्न सरसफाई कार्यक्रममा इलाका प्रसासन प्रमुख उमेश पान्डे, दमक नगर प्रमुख राम थापा, इलाका प्रहरी प्रमुख दिलिप कुमार गिरी, पत्रकार भुभिराज पराजुली, नगर प्रहरी प्रमुख रुद्र बहादुर कार्की, इलाका प्रहरी कार्यालय दमकको टोलि साथै हेप्पी नेपालका महासचिव सुरेन्द्र कुमार श्रेष्ठ, कर्मचारी जीवन सिवा साथै हेप्पी नेपालको टिमहरुको सहभागीता रहेको थियो ।
Note*** Please drag the white cloud into the dark cloud for more picture

0 Comments