आवाशिय पुर्नस्थापना केन्द्रमा विरामी भर्ना गर्दा पालना गर्नुपर्ने नियम तथा शर्तहरु


१) उपचार गराउन आउने विरामीले कम्तिमा ९० दिन अनिवार्य बस्नु पर्ने छ वा विरामीको अवस्था हेरी समय वढाउन सकिने छ ।

२) केन्द्र भित्रका कुनै पनि सर–सामानहरु विरामीको लापर्वाहीले फुटेमा, टुटफुट भएमा वा हिनामिना भएमा विरामी वा निजको अभिभावकले ब्यहोर्नु पर्नेछ ।

३) केन्द्रमा कार्यक्रम भित्र पर्ने कार्यहरुका साथै अहा्रएका अन्य जिम्मेवारीहरु इमान्दारीका साथ गर्नु पर्नेछ ।

४) समय–समयमा विरामीको खानतलासी लिन सकिनेछ ।

५) विरामीलाई वारम्मवार सम्झाउँदा वा आफ्नो मनोमानी चलाएर अनुसासनको दायारामा नरहेमा केन्द्रबाट नकारात्मक निष्कासन गरिनेछ र यस अवस्थामा निजको कुनै पनि वक्यौता रकम फिर्ता हुने छैन साथै निजको ३ महिने अवधिको आवाशिय उपचार सेवा शुल्क कोर्ष पुरा भएमा वा नभएमा पनि एकमुष्ठ रुपमा भुक्तान गर्नुपर्नेछ ।

६) केन्द्रबाट भागेमा तथा आफू खुसी डिस्चार्ज लिएमा ३ महिनाको वक्यौता रकम एकमुष्ठ रुपमा भुक्तान गर्नुपर्नेछ तथा सामानहरु ७ दिन भित्र नलगेमा संस्था जिम्मेवार हुने छैन ।

७) विरामी भर्ना गर्ने समयमा निजलाई हाल देखा परेका अन्य रोगहरु छन् भने जानकारी दिनु पर्नेछ र औषधी सेवन गरिरहेको भएमा सोको जानकारी र आवश्यक भएमा डाक्टरको पुर्जी समेत उपलब्ध गराउनु पर्नेछ ।

८) केन्द्र भित्र लागु पदार्थ सेवन तथा ओसार प्रसार गरेमा निजलाई प्रचलित कानून अनुसार तथा केन्द्रको नियमानुसार कारवाही गरिनेछ ।

९) डिस्चार्ज भएपछि ४५ दिन यस केन्द्रमा निरन्तर रुपमा कार्यालय समयमा आउनु पर्नेछ तथा केन्द्रको नियम भित्र रहनु पर्नेछ ।

१०) डिस्चार्ज पछि पनि आवश्यक परामर्शका लागि यस केन्द्रमा फोनद्वारा या सोझै आएर सम्पर्क राख्न सकिनेछ । आवश्यक परेमा घरैमा गएर समेत निःशुल्क परामर्श प्रदान गरिनेछ ।

११) विरामीका अभिभावकहरु केन्द्रले तोकेको समयमा मात्र उपस्थीत हुनुपर्ने तर आवश्यकता अनुसार केन्द्रले बोलाएको समयमा अनिवार्य रुपमा उपस्थीति हुनुपर्नेछ ।

१२) विरामीले सेवनको क्रममा कुनै अपराध गरी कानूनी कारवाहीमाा परेको छ भने त्यसको अग्रिम जानकारी केन्द्रलाई दिनु पर्नेछ । जानकारी नदिएर केही भएको खण्डमा केन्द्र जिम्मेवार हुने छैन ।

१३) प्रत्येक महिनाको पहिलो शनिबार पारिवारिक भेलामा तथा बिरामी भेट्न अभिभावकले अनिवार्य उपस्थित हुनुपर्नेछ ।

१४) शुल्क विवरणः

भर्ना शुल्कः रु.  २५००।–

मासिक शुल्कः         रु.  २०,०००।–

उपचारको क्रममा विभिन्न रोगको संक्रमणको कारणले वा केन्द्रबाट भागेर गई वा केन्द्रको नियम विपरित गई घट्ना घट्न गएमा वा मृत्यू भएमा त्यसको सम्पूर्ण जिम्मेवारी निजको सम्बन्धित अभिभावक स्वयम आफैले लिनुपर्नेछ तथा सो समबन्धमा यस केन्द्रका कर्मचारी माथि कुनै आक्षेप लगाउन पाईने छैन ।


थप जानकारीको लागी
हेप्पी नेपाल
०२३५७५३८१, ०२३५७३६४९, ०२३५७२५६५
दमक १, झापा

0 Comments