
प्रत्येक वर्ष जुन २६ तारिक दिन मनाइने अन्तर्राष्ट्रिय लागू पदार्थ विरुद्धको दिवसको अवसरमा झापाको दमकमा रहेको यस सस्ंथा हेप्पी नेपालले आज मानवीय स्वास्थ्य संकटको बेला झन लागूऔषध चुनौतिको गरौं सम्बोधन भन्ने नाराका साथ सचेतना र्याली आयोजना गरी सम्पन्न गरेको छ । आजको यस र्यालीमा करिब ४० जनाको सहभागिता रहेको थियो । र्यालीमा सहभागी भएकाहरुले ब्यक्तिहरुले लागुऔषध प्रयोगकर्तालाई तिरस्कार या बहिस्कार होइन उपचार र रोजगारको खाँचो छ नसाले मलाई उडले पखेटा प्रदान गर्यो तर उड्ने आकास खोसिदियो । म सचेत हुनु नै म बाँचेको हो दुर्व्यसन र लागू पदार्थको बारेमा कुरा गरौ लगायत लेखिएका प्ले कार्ड बोकेका थिए ।
0 Comments