हेप्पी नेपालद्धारा दृष्टिविहिनहरुका लागि प्रेरणादायि पहल

 

हेप्पी नेपाल एक सामाजिक सस्ंथा भएको हुदाँ सदाका वर्षहरु झै यस वर्ष पनि दृष्टिविहिनहरका जीवनमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले यहि मिति २०८२ साल असार २३ गते एक दिन यस संस्था हेप्पी नेपालमा निशुल्क खाना र सांगितिक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ । 

हालै, सस्थाले दृष्टिविहिन विधार्थीहरुलाई शिक्षा र आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने उदेश्यले सहभागी भएका दृष्टिविहिनहरुलाई यस सस्ंथामा हेप्पी नेपालमा एक दिवसिय खानाको व्यवस्था र नगद आर्थिक सहयोग प्रदान गरेको छ । यस अभियानले दृष्टिविहिनहरुलाई आत्मविश्वासी, सक्षम र समाजसँग समान रुपमा अघि बढन मद्धत गर्दछ भन्ने हामिले अपेक्षा गरेका छौ । सहभागिका अनुसार हेप्पी नेपाललको सहयोगले उनीहरुको जीवनमा नयाँ आशाको किरण झल्किएको छ । 

यस कार्यक्रममा सहभागी भएका दृष्टिविहिन विधार्थी र यस सस्थामा उपचारमा भर्ना भएका विरामीहरुले विभिन्न सांगितिक कार्यक्रमहरु गरि मनोरञ्जन लिएका थिए । 

हामी देख्दैनौ, तर सपना देख्न छोडेका छैनौ एक सहभागीले भने । हेप्पी नेपालको यो प्रयासले दृष्टिविहिन समुदायप्रति समर्पित संवेदनशीलता र सामाजिक न्यायको उत्कृष्ट उदाहरण हो ।

0 Comments

Newest