झापाको दमक सहरको एउटा गल्लीमा हिँड्दै गर्दा, २४ वर्षका सन्दीपको आँखामा आँसुको बाढी थियो । यो आँसु कुनै पीडाको मात्र थिएन, यो पश्चाताप, न्यानोपन, अनि नयाँ सुरुवातको आशाको आँसु थियो । एक समय थियो जब सन्दीपको जीवन नशाको दलदलमा डुबेको थियो । उसले साथीहरूको संगतमा लागूपदार्थ चाख्न थालेको थियो, र त्यो बानी चाँडै लत बन्यो । पढाइ छोड्यो, घरमा झगडा सुरु भयो, र आमा पनि थाकिसकेकी थिइन्।
एक दिन, उसले आमा रोएको देख्यो । उसको आमाको हात जोडिएको थियो र रुदै भन्दै हुनुहुन्थ्यो “छोरा, म तँलाई गुमाउन चाहन्न ।” त्यस दिन सन्दीपलाई जीवनले ठक्कर दियो । उनले निर्णय गरे – "म फेरि जन्मिन्छु ।"
पुनःस्थापना केन्द्रको यात्रा
सन्दीपले पुन:स्थापना केन्द्रमा भर्ना हुने निर्णय गरे र उ झापाको दमक सहर स्थित हेप्पी नेपाल नामक पुनःस्थापना केन्द्रमा भर्ना भए । सुरुका दिनहरू कठिन थिए – शारीरिक पीडा, मानसिक तनाव, अनि आत्मग्लानि तर त्यही केन्द्रमा उसको कुमार दाइ संग भेट भयो । कुमार दाइ त्यस केन्द्रमा परामर्शकर्ताको रुपमा कार्य गर्नुहुदोरहेछ ।
कुमार दाइको हरेक कुरा उर्जाशील हुन्थ्यो –उहाले भन्नुहुन्थ्यो
“तिमी दोषी होइनौ, तिमी घाइते हौ।”
“घाउ भरिन्छ, तर त्यसका लागि धैर्य चाहिन्छ।”
सन्दीपले योग गर्न थाले, लेख्न थाले, गिटार बजाउन थाले । पहिले उसले भुल्नको लागि नशा लिएको थियो, अब स्मरण गर्नको लागि सङ्गीत लिँदै थियो ।
नयाँ जीवन
६ महिना पछि, सन्दीपले केन्द्र छोडे । अब उनी आफ्नै जस्तो लाग्ने युवाहरूलाई सहायता गर्ने कार्यमा लागेका छन् । पुनःस्थापना केन्द्रमा स्वयंसेवक बनेका छन्, आफ्नै कथाले अरूको आँखा खोलेका छन् ।
एक दिन उनले आमालाई अँगालो हाल्दै भने,
“आमा, तपाईंको आँसुले मलाई बचायो।”
आमाको आँखाबाट फेरि आँसु झर्यो – तर यो पटक दुखको नभयेर खुशीको आँसु थियो ।
सन्देश:
यो कथा एउटा सन्देश हो – जीवन कहिल्यै ढिलो हुँदैन फेरि सुरु गर्न । यदि तपाईं वा तपाईंका प्रिय कोही नशाको दुर्व्यसनमा हुनुहुन्छ भने, साथ दिनुहोस्, आशा दिनुहोस्, अनि विश्वास गर्नुहोस् – परिवर्तन सम्भव छ ।

0 Comments