अँध्यारो बाटोबाट उज्यालो यात्रातर्फ


(धनराज भुजेलको पुनःस्थापना कथा, नाम परिवर्तन गरिएको छ)

स्थान: चुलाचुली १, इलाम नेपाल

उमेर: १९ वर्ष

धनराज भुजेलको बाल्यकाल सामान्य थियो । गरीब परिवार, कडा मिहिनत गर्ने बाबु आमा र पढ्न रुचाउने छोरा । तर किशोरावस्थामा पुगेपछि उनले गलत साथीसँग संगत गर्न थाले । सुरुमा सिगरेट, त्यसपछि मदिरा, अनि विस्तारै ब्राउन सुगर (Brown Sugar) प्रयोग गर्न थाले ।

धनराज भन्छन्:
"मलाइ पढ्न मन लाग्थ्यो तर साथी हरुको सँगतले गर्दा लाग्थ्यो ठूला बन्न नशा चाहिन्छ । त्यो सोच नै गलत थियो।" नशाले जति शरीर खायो, त्योभन्दा धेरै मानव सम्बन्ध र भविष्य खायो । पढाइ छुट्यो, आमाको गहना बेचे, झगडा भयो, घरमा भएको सामानहरु बेचे र अन्ततः सडकमा पुग्न थाले ।

एक निर्णयले जीवन फिर्ता ल्यायो
एक दिन, अत्याधिक नशा गरेर बेस्सरी लडेपछि, स्थानीय समाजसेवी सुरेन्द्र दाइले मलाई पुनःस्थापना केन्द्रमा लगिदिएछ्न । सुरुवातमा त विरोध गरे – "म पागल होइन!" भन्दै । तर जब उनले आफ्नै आमा पुनः भेटिन्, जो रोइरहेकी थिइन्, उनलाई लाग्यो "अब परिवर्तन गर्नैपर्छ ।"

पुनःस्थापना केन्द्रको जीवन
धनराज ६ महिनासम्म केन्द्रमा बसे । त्यहाँ उनलाई नशा मुक्त जीवन, अनुशासन, ध्यान, योग, तथा आत्मविश्वासका तालिमहरू दिइयो।

उनको भनाइ:
"मैले सानामा सिकेका मूल्यहरू केन्द्रमा सम्झेँ । मैले फेरि लेख्न सुरु गरेँ, गाउन थालेँ, र आफ्नै कथा लेखें ।"

पुनर्जीवन
पुनःस्थापना पछि, उसले प्लस टु पास गरे । अहिले उ एक पुनःस्थापना केन्द्रमा नै काउन्सिलर छन् । उसले धेरै युवाहरूलाई नशा मुक्त जीवनमा फर्काएका छन्।

उसले अन्तिममा एउटा कार्यक्रममा भनेका थिए:
"यदि मलाई सुरेन्द्र दाइले दोस्रो मौका नदिनु भयेको भए, म सायद जिउँदो हुने थिइनँ । अहिले म अरूलाई दोस्रो मौका दिन सहयोग गर्दैछु ।"

सन्देश:
धनराजको कथा हामी सबैका लागि प्रेरणा हो । नशा जति गहिरो अँध्यारो भए पनि, साथ, माया र आत्मबलको उज्यालोले त्यो अँध्यारोलाई चिर्न सकिन्छ ।

0 Comments