असार १५ राष्ट्रिय धान दिवस कृषि भूमिको संरक्षण गरौ धानको उत्पादन बढाऔ भन्ने नाराको साथ यो दिवस मनाइन्छ । आजको दिनलाई रोपाइ महोत्सव वा रोपाई दिवस को रुपमा चिनिन्छ । हाम्रो देश नेपाल कृषि प्रधान देश भएकोले यहा परम्परादेखि नै असार १५ लाई दहि चिउरा खाएर मनाइने गरिन्छ । किन्बदन्ती अनुसार कपिलबस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोदनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए । पछिल्लो समयमा भने कृषकहरुको श्रमको सम्मान गर्ने उद्देश्य अन्तर्गत कृषि मन्त्रालयले यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालेको हो । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।
यसै सन्दर्भमा यस सस्थां हेप्पी नेपालले पनि आजको दिनलाई विशेष गरि मनाउन लागिरहेको छ । आजको दिनमा यहाँ उपचारका लागी भर्ना भएका विरामीहरु तथा फलोअपमा आएका साथीहरु एक आपसमा हिलो खेल्ने, हिलो छेप्ने, फुटवल प्रतियोगिता, साथै दहि, चिउरा, कोला,, आप साथै अन्य फलफुल इत्यादि खादै र गीत गाउँदै रमाइलो गरिरहेको छन् ।
असारे मासको दबदबे हिलो छि मलाइ घिन लाग्यो ...
पातली नानीलाई फरिया किन्दा, छ–बिस ऋण लाग्यो ...
हेप्पी नेपालको तर्फबाट राष्ट्रिय धान दिवसको सबैलाई भरपुर शुभकामना ।
0 Comments