सांगितिक कार्यक्रम


गीत संगित सुन्न, चलचित्र हेर्न तथा कतिपय मनोरञ्जन मानिसले इन्टरनेट बाटै पाउन थालेका छन, अझ केहि बर्ष अघि देखि इन्टरनेट आफ्नै मोबाइलमा, अनि आफु जहाँ मनोरंजन पनि त्यहीं हुन् थाले पछी त मानिसहरु एक आपसमा साथी भाई छर छिमेकहरु र व्यवहारिक वातावरण भुल्न थालेका छन । यो समस्या विश्वमा मात्र नभई नेपालमा पनि यसको  विकासक्रम बढ्दो छ । हेप्पी नेपाल दमक झापाले उपचारमा आएका विरामीहरुलाई मनोरंजन मात्र होइन दैनिक जीवनमा प्रयोग हुने धेरै कुराहरु र व्यक्तिगत आचरणको बारेमा पनि ज्ञान दिने कार्य निरन्तर गरिरहेको छ । संस्थाको साप्ताहिक निति अनुसार यस्तो कार्यक्रम गरिदै आएको छ, यस कार्यक्रमले उपचारमा आएका विरामीहरुलाई नसारहित पनि खुसि र सुखि जीवन यापन गर्न निक्कै सहयोग पुगेको यहाको प्रशिक्षक र यहाँ उपचारमा आउने विरामीहरुको भनाई र विश्वास रहेको छ । 

0 Comments