फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदै

आज फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । पर्वका अवसरमा आज यस सस्ंथा हेप्पी नेपालमा पनि सदाका वर्षहरुमा झै यस पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दे होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । 

1 / 9
2 / 9
3 / 9
4 / 9
5 / 9
6 / 9
7 / 9
4
8 / 9
9 / 9

0 Comments