वनभोज कार्यक्रम

हेप्पी नेपाल पुर्नस्थापना केन्द्र दमक झापा लागुपद्धार्थ तथा मादक पद्धार्थको क्षेत्रमा विगत लामो समयदेखी कार्य गर्दै आएको छ । लागु पद्धार्थको क्षेत्रमा कार्य गर्ने यस सस्ंथा हेप्पी नेपाल जुन नाम नै काफि छ । झापाको दमकमा रहेको यस सस्था हेप्पी नेपाललाई नचिन्ने सायदै कम होला ।

झापाको दमक नगर पालिका वार्ड न १ मा अवस्थित यस संस्था हेप्पी नेपालले बनभोज कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ । कोभिड–१९ संक्रमण र लकडाउनको कारण धेरै नेपालीहरु केही वर्षसम्म आफ्ना कार्यक्षेत्रदेखि बाहिर निष्किन साथै साथीभाई ईष्टमित्रहरु बिचको भेटघाटबाट बञ्चित हुनपर्ने बाध्यात्मक अबस्थामा पुगेका थिए । हाल नेपाल सरकारले लकडाउनलाई सामान्य अवस्थामा बनाएको मौकामा नेपाली साथीभाई, इष्टमित्रहरुको निरासाजनकको अवस्थालाई चिरफार गर्दै यस सस्ंथामा उपचारमा भर्ना भएका साथीभाई तथा इष्टमित्रहरुलाई भाईचाराको सम्बन्ध विकास गर्ने र नशामुक्त पनि खुशीका साथ जीवनयापन गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ अगाडि बढ्न यस वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

यस संस्था हेप्पी नेपालले आयोजना गरेको यस कार्यक्रममा आफनो जीवनमा भोगेको अनुभबहरु साथीभाइहरुसंग बाडफाड गर्दै, विभिन्न खानेकुराहरुको परिकार साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु, नाचगान गर्दै यस कार्यक्रम मनाईएको थियो । यस कार्यक्रमले आगामी दिनहरुमा जनमानसहरुबीचको सौहार्दतालाई अझै सरल्ताका साथ भेटघाट र मूल प्रवाहका हरेक कार्यक्रमहरुमा थप टेवा दिनेछ भन्ने आशा र विश्वास राखिएको छ । 

वनभोज कार्यक्रमलाई सुरक्षित र भब्यतापूर्वक सम्पन्न पार्नको लागि मुख्य रुपमा कुमार गुरुङ, किरण गुरुङ, गोकुल पराजुली, खेमराज तिवारी साथै अन्य सहयोगी मित्रहरु वनभोज कार्यक्रममा प्रत्यक्ष रुपमा व्यवस्थापन गरिएको थियो ।

यस कार्यक्रममा भएको केही रमाईलो झलकहरु तल प्रस्तुत गरिएको छ । कृपया हेरेर हामीलाई प्रतिकृया दिनुहोला ।

1 / 7
2 / 7
3 / 7
4 / 7
5 / 7
6 / 7
7 / 7

0 Comments