ब्रम्ह कुमारी राजयोग सेवा केन्द्र दमक झापाद्धारा हेप्पी नेपालमा रहेका विरामीहरुलाई एक दिने परामर्श सेवा


हेप्पी नेपाल पुनर्स्थापना केन्द्रमा ब्रम्ह कुमारी राजयोग सेवा केन्द्र दमक झापाको टिमले बिश्वब्यापी धूम्रपान बिरुद्धको दिवसमा एक दिने परामर्श कक्षा सफलता पुर्बक सम्पन्न गरेको छ । 

यस दिन सम्पन भएको परामर्श कक्षामा हाम्रो जिबनमा भोगीयेका देखिएका समस्याको बारेमा वर्णन गरिएको थियो जुन तल प्रस्तुत गरियेको छ ।  

एउटा सहरमा एक जोडी दाजु भाइ थिए । एक भाइ लागू पदार्थ सेवन गर्थ्यो । उ घर परिवार र समाजका निम्ति निकै खतरनाक थियो अर्को भने अत्यन्त सफल ब्यापारीको रुपमा चिरपरिचित थियो । एकै आमा बुबा  र उही वातावरणमा हुर्कीएका ती दुई बिच यत्रो भिन्नता यो कसरी सम्भब भयो चासो लिनेहरुका बिच खोजको बिषय बन्यो । 

पहिलोलाइ सोधियो तिमी खराब बाटोमा कसरी जान पुग्यौ? लागू पदार्थ सेवन गर्छौ, झै-झगडा गर्छौ, समाजको समस्या किन बन्छौ? उसको उत्तर थियो मेरो बुबाको बिगतले मलाइ प्रेरित गरिराक्छ । वहाँ लागुपदार्थ सेवन गरेर सधै जसो हो हल्ला रडाको मच्चाउनु हुन्थ्यो, घरमा सधै जसो झै झगडा हुन्थ्यो । मैले जे देखे त्यही सिकेर यस्तो भए । 

अर्को भाइलाइ सोधियो तिमी यती असल छौ बेसमारी काम गर्छौ तिम्रो प्रेरणाको श्रोत चाहिँ के हो? उसले भन्यो मेरो बुबाले लागू पदार्थ सेवन गर्नु भयेपछी बदमाश गर्ने बानी सानै छदादेखी देखिरहे र यो सारै नराम्रो लागेर पनि सहनु पर्ने बाध्यत्या थियो । मेरो बालमनमा गहिरो चोट परेछ क्यारे मैले यस्तै घृणित मान्छे बन्नु हुदैन एका एक यस्तो सोच आयो, सयाद त्यसपछी सोचले पनि काम गर्यो । 

ती दुबै दाजुभाइको प्रेरणाको श्रोत एउटै थियो फरक यति मात्र हो एउटाले सकारात्मक र अर्कोले नकारात्मक ढंगबाट लिनपुगे । सानो देखिएको फरकले ब्याक्तीको जिबनमा कति भयानक आन्तर ल्याउछ  । अन्तत संबेदनसिल र बिबेकी बनी हामी सबैले सोच्नैपर्छ । नकारात्मक सोचले ब्यक्तिलाई गलत बाटो हिड्ने इच्छा जगाइदिन्छ यथार्थमा त्यो बाटो जिबन भरका लागि अत्यन्त कठिन सबित हुन पुग्छ । 

यस दिन सम्पन्न भएको परामर्श कक्षाले यस सस्था हेप्पी नेपाल पुनर्स्थापना केन्द्रमा उपचारमा आएका सम्पुर्ण बिरामी हरुलाइ समेटेको थियो । यस परामर्समा हामीले  हामी भित्र पहिले नै भएका घटेका घटनाहरुको बारेमा छ्लफल गरेका थियौ साच्चै नै यस परामर्शले हामीलाइ हामी भित्र रहेको सबै कुराप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न र नयाँ प्रतिक्रियाहरू विकास गर्न सक्षम बनाउँछ भन्ने ठानेका छौ । 

अन्त्यमा ब्रम्ह कुमारी राजयोग सेवा केन्द्र दमक झापालाइ धेरै धेरै धन्यबाद साथै आगामी दिनहरूमा यस्तै यस्तै प्रेरणात्मक कक्षाहरुकोको पनि अपेक्षा गरेको छौ ।

0 Comments