कुमार गुरुङ एक समाजसेवी हुनुहुन्छ । उहासंग लागु पद्धार्थ तथा दुव्र्यसन दुरुपयोग सम्बन्धि धेरै लामो अनुभब रहेको छ । लागु पद्धार्थको लत भनेको एउटा रोग हो, यसको उपचार सहि ढंगले गरेमा नशाको लतमा फसेको व्यक्तिहरु नशामुक्त भई स्वास्थ्य जीवन बाँच्न सक्दछ भन्ने सोच उहाको रहेको छ । यस कुरालाई पुष्टि गर्नका लागी उहाँले २०५८ साल देखि निरन्तर यस क्षेत्रमा सक्रिय रुपमा विभिन्न लागुऔषध सम्बन्धि तालिम, गोष्ठि, परामर्श साथै मेन्टल हेल्थ सम्बन्धि कार्य गर्दै हाल उहा यस संस्था हेप्पी नेपालका अध्यक्षको पदमा रहि कार्य गरिरहनु भएको छ । उहाले संस्थाले सञ्चालन गरेको पुरुष पुर्नस्थापना केन्द्र (सुधार केन्द्र) मा उपचार तथा सुधारका लागी भर्ना भएका व्यक्तिहरुलाई लागु पद्धार्थ तथा नशाबाट हुने हानी नोक्सानी र मानिसका व्यक्तिगत आचरण सम्बन्धि उत्प्रेरणा जगाउने ज्ञान दिई कार्य गरिरहनुभएको छ ।
थप जानकारीको लागीः Click here

0 Comments