दिपक दाहाल पेशाको हिसावले हेर्ने हो भने उहा एक सामाजिक स्वस्थकर्मी हुनुहुन्छ । बिगत लामो समय देखि स्वास्थ्य छेत्रमा कार्यरत दाहाल यस सस्था हेप्पी नेपालको क्षती न्युनीकरण कार्यक्रममा पनी निकै लामो अनुभव रहेको छ, साथै उहा एक समाज सेवी पनि हुनुहुन्छ । हेप्पी नेपाल आफैमा एक सामाजिक क्षेत्रमा कार्य गर्ने सस्ंथा भएको हुँदा उहाँ दिपक दाहाल विगत लामो समयदेखि निस्वार्थ सेवाको रुपमा यस सस्थांमा उपचारमा भर्ना भएका विरामिहरुको स्वास्थ्य परिक्षण गर्दै आवश्यक सल्लाह सुझाव दिदै आइरहनुभएको छ । यसका साथ साथै उहा झापाको कमल गाउपालिका, दमक नगरपालिका, चुलाचुलि गाँउपालिका लगायत मोरङका विभिन्न स्थानहरुमा हुने स्वास्थ्य शिविर तथा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरुमा सक्रिय रुपमा उपस्थित भई कार्य गर्दै आइरहनुभएको छ । हाल उहाँ यस सस्ंथा हेप्पी नेपालको कोषाध्यक्षको पद सम्हाल्दै आइरहनुभएको छ ।
थप जानकारीको लागीः Click Here

2 Comments
Congratulations 👏
ReplyDelete🙏 💐बडा दशै २०८१ को शुभ कामना💐🙏
ReplyDeleteनेपालिहरुको महान चाड बिजया दशमि २०८१ को पावन अवशरमा सम्पुर्ण वडा बासी, देशबासि आमा बुवा दाजु भाई दिदि बैनि तथा समस्त नेपालिजनमा शुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौ ।
कमल नगर अस्पताल परिवार