हरेक बर्षको बैशाख महिनाको पहिलो दिनलाइ देश तथा बिदेशमा रहनुहुने सारा नेपालीहरुले राष्ट्रिय नेपाली नयाँ वर्षको रुपमा मनाउने गर्दछन् | हुनतः नेपाल एक बहु भाषी, बहु- सस्कृति एवं बहु- जातिय राष्ट्र हो, जहाँ कम्तिमा पनि हरेक वर्ष भिन्ना भिन्नै दिन,मितिमा भिन्ना भिन्नै प्रकारले नौ (९) किसिमका नयाँ वर्षहरु मनाइन्छन् | त्यस मध्येमा बैशाख १ गतेको दिनलाई राष्ट्रिय महत्वका साथ राष्ट्रिय नयाँ वर्षको रुपमा मानिदै अहिरहेको छ |
विशेषत: युवा वर्गमाझ एक रमाइलो गर्ने विशेष दिनका रुपमा विकास भएको नेपाली नयाँ वर्षको दिन राष्ट्रिय पर्व झैँ भइसकेको छ | यस दिन नेपाल अधिराज्यभरि सार्वजनिक विदा हुनुको साथै अधिराज्यभरिका नेपालीहरु नयाँ वर्षको एक दिन अघावैदेखि एक-अर्कामा मिल्ने साथीभाइ,इस्टमित्रहरुसंग योजना बनाएअनुसार विभिन्न रमणीय स्थानहरुमा भ्रमण गर्ने, पिकनिक जाने वा आफन्तहरुलाई बोलाई भोजभटेर गर्ने गरी मनाउने परम्परा बसिआएको छ |
आर्थिक अवस्थाले सक्नेहरु देश-विदेश पनि घुम्न जान्छन् भने नसक्नेहरु घरैमा वा नजिकको पार्क अथवा रमणीय स्थलहरुमा गई रमाइलो गर्ने गर्छन् | यस दिन राजधानी काठमाडौँ लगायतका सबै ठूला साना शहरमा विभिन्न सरकारी, गैर-सरकारी संघ-संस्था, नागरिक समाज र जनजाति-समुदायका मानिसहरु विभिन्न प्रकारका सांस्कृतिक एवं पारम्पारिक कार्यक्रमहरु गर्ने गर्छन् |
त्यस्तैगरी नेपालीहरुले नयाँ वर्षलाई नयाँ प्रतिबद्धता, नौलो सुरुवात एवं नवीन थालनीको विशेष अवसरको रुपमा पनि लिने गर्छन् | विध्यार्थी वर्गका मानिसहरु भने यस दिन शिक्षाको नयाँ थालनीको योजना गर्छन भने प्रायजसो मानिसहरु आफ्ना इस्टमित्रहरुसंग कोसेली, सौगात तथा सदभावना साटासाट् गर्ने गर्छन् |
नयाँ वर्षको अवसरमा जथाभाबी
होहल्ला नगरौ कोभिड १९ को महामारी शान्त भएता पनि सामाजिक दुरी कायम राखौ लागुपद्धार्थ
तथा मादक पद्धार्थको प्रयोग नगरौ भन्दै सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपाली दाजु
भाई तथा दिदि बहीनीहरुलाई नयाँ वर्ष २०७९ को शुभकामना ।
कुमार गुरुङ
अध्यक्ष हेप्पी नेपाल तथा हेप्पी नेपाल परिवार
0 Comments