Information for Parents

Protect yourself and others from COVID-19, If COVID-19 is spreading in your community, stay safe by taking some simple precautions, such as physical distancing, wearing a mask, keeping rooms well ventilated, avoiding crowds, cleaning your hands, and coughing into a bent elbow or tissue. Check local advice where you live and work. Dot it all !!!

बालबच्चा र अभिभावकको बिचमा राम्रो सम्बन्ध हुनुपर्दछ । उनीहरुलाई अभिभावकहरुले आफ्नो राम्रो हेरचाह गरेको र उनीहरुले के गरिरहेका छन् त्यसबारे चासो राखेको आभास दिनु पर्दछ । बाबुनानीहरुसँग कुराकानी,  आफु  मात्रै नबोल्नुहोस् । दोहोरो कुराकानीको बाटो खुल्ला राख्नुहोस् । उनीहरु के भन्दै छन् त्यसतर्फ ध्यान दिनुहोस् । तपाईंसँग सबै कुराको उत्तर नहुन नि सक्छ । उनीहरुलाई होच्याएर कुरा नगर्नुहोस् । जीवन र लागू औषधबारे उनीहरु कति धेरै कुरा जान्दछन् भन्ने थाहा पाउँदा आश्चर्य पर्नुहुन्छ ।


तपाईंलाई तनाब, लगातार टाउको दुखेको अवस्थामा निवारणको लागि के गर्ने गर्नुहुन्छ ? डाक्टरी दबाई वा अन्य केही लिनुहुन्छ ? यदि हो भने तपाईं सजिलै यस्ता दबाई वा रक्सीको लतमा पर्न सक्नुहुन्छ । लागू औषध (गैरकानुनी औषधी) लिनु यस्ता दुखाइका समाधानका उपाय होइनन् । समाधानको सही छनौट गर्नुहोस् । याद राख्नुहोस्य तपाईं रक्सी, लठ्याउने दबाई,  लागुऔषध आफ्नो तनाब कम गर्न वा हटाउन लिनुहुन्छ वा त्यसमा भर पर्नुहुन्छ भने तपाईं आफ्ना बालबालिकालाई गलत काम सिकाइरहनु भएको छ । सन्तुलित भोजन लिनुहोस्, फुर्तिलो रहनुहोस् । खेलकुद पनि तपाईंको शारीरिक र मानसिक अवस्थामा सुधार गर्नका लागि उचित उपाय हुन्छ, जसले तपाईंलाई मद्दत पुर्याउने छ । 




0 Comments