सुरेन्द्र कुमार श्रेष्ठ पेशाको हिसावले हेर्ने हो भने उहा एक दमकमा प्रचलित ब्पापारी हुनुहुन्छ । उहाँले झापाको दमकमा रहेको सगरमाथा पेट्रोल पम्प नजिकै काष्ठ मिल तथा सुरुचि फर्निचर उधोग सञ्चालन गरि आफ्नो सेवा प्रदान गर्दे आउनुभएको छ यसका साथ साथै फर्निचर फर्निसिङ व्यावसायि संघ दमक को वरिष्ठ उपाध्क्ष रहनुको साथै पाटने मल्ल वंशज उथ्थान प्रतिष्ठानको केन्द्रिय अध्यक्षको पदमा रहि कार्य गर्दै आउनुभएको छ । यसका अतिरिक्त उहा एक समाज सेवी पनि हुनुहुन्छ, झापाको दमकमा हुने विभिन्न सामाजिक कार्यमा उहाको अनुपस्थिति रहेको कार्यक्रम सायदै कम नै होलान । हाल उहाँ यस सस्स्था हेप्पी नेपालको महा–सचिबको पद सम्हाल्दै आईरहनुभएको छ ।
थप जानकारीको लागीः Click Here

0 Comments